बैंकले दशैं बिदामा आफ्ना शाखा नखोल्ने

बैंकले दशैं बिदामा आफ्ना शाखा नखोल्ने
मङ्लबार, कार्तिक ४, २०७७

काठमाडौं-कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।

गत वर्ष दशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।

बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ ।

सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द हुनेछ ।