कोरोनाको उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय तत्काल फिर्ता लिन कांग्रेस नेताको माग

कोरोनाको उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय तत्काल फिर्ता लिन कांग्रेस नेताको माग
मङ्लबार, कार्तिक ४, २०७७

काठमाडौं-कोरोना संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले बताएका छन् । नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गरे ।

उनले संविधानले ज्ञारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए । कोरोना संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए ।

उनले यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत माग गरे ।

त्यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताए ।

जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि बताए । सरकारमा बस्नेहरुले राज्यकोषलाई आफुखुसी खर्च गर्न हुने तर जनताका आधारभुत आवश्यकता पूर्ती गर्न तर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उनको भनाई थियो ।