डा. केसी डिस्चार्ज

डा. केसी डिस्चार्ज
मङ्लबार, कार्तिक ४, २०७७

काठमाडौं-चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१९ औं अनसन तोडेर असोज २५ गतेदेखि अस्पतालमा उपचाररत डा केसी त्रिवि शिक्षण अस्पतालबाट आज डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएका डा केसी आफ्ना भाइको घर सुकेधारा गएका छन् ।

लामो समयसम्म अनसन बस्दा बिरामी परेका डा केसी आइसीयुमा भर्ना भएका थिए । उनलाई केही दिन अघि आइसीयुबाट सामान्य वर्डामा सारिएको थियो ।

स्वास्थ्य अवस्था ठिक भएपछि आज केसी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।