आज ३०९३ कोरोना संक्रमित थपिए, ४१ हजार ७५५ सक्रिय संक्रमित

आज ३०९३ कोरोना संक्रमित थपिए, ४१ हजार ७५५ सक्रिय संक्रमित
मङ्लबार, कार्तिक ४, २०७७

काठमाडौं-नेपालमा आज थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

जसमा ४१ हजार ७५५ सक्रिय संक्रमित छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २१०८ संक्रिमत डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।