नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७६५ पुग्यो

२४ घण्टामा थप ८ जनाको मृत्यु

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७६५ पुग्यो
मङ्लबार, कार्तिक ४, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ । यस्तै आज थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । जसमा ४१ हजार ७५५ सक्रिय संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१०८ संक्रिमत डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।