काठमाडौं उपत्यकामा थप १७०२ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १७०२ जनामा संक्रमण पुष्टि
मङ्लबार, कार्तिक ४, २०७७

काठमाडौं-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जना संक्रमित थपिएका छन् ।

उपत्यकामा थप १७०२ सहित मुलुकभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । जसमा ४१ हजार ७५५ सक्रिय संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१०८ संक्रिमत डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।