पछिल्लो २४ घण्टामा २१०८ कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा २१०८ कोरोना संक्रमित डिस्चार्ज
मङ्लबार, कार्तिक ४, २०७७

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा २१०८ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

त्यस्तै आज काठमाडौं उपत्यकामा थप १७०२ सहित मुलुकभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । जसमा ४१ हजार ७५५ सक्रिय संक्रमित छन् ।