बुटवल र नवलपरासीमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवल र नवलपरासीमा दुई कोरोना संक्रमितको मृत्यु
बिहिबार, कार्तिक ६, २०७७

रुपन्देही- बुटवल र नवलपरासीमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।

यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कोरोना सङ्क्रमणबाट नेपाली काङ्ग्रेस रामग्राम नगरपालिका कार्य समितिका सभापतिको मृत्यु भएको छ ।

उनको यही कात्तिक ४ गते नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका उनको आज मृत्यु भएको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।