मुस्ताङबाहेक सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित, कुन जिल्लामा कति ? (तथ्यांक हेर्नुहोस्)

मुस्ताङबाहेक सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित, कुन जिल्लामा कति ? (तथ्यांक हेर्नुहोस्)
शुक्रबार, कार्तिक ७, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारसम्म मुस्ताङबाहेक देशका अरु सबै जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमित रहेको जनाएको छ।

मन्त्रालयका अनुसार हाल १५ जिल्लामा ५०० भन्दा माथि कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

जसमा झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली रहेका छन् । यस्तै उपत्यकाका ३ जिल्लामा पनि सक्रिय संक्रमित ५०० भन्दा माथि नै रहेका छन् । बिहीबारसम्म देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ४५ हजार नजिक पुगेको छ ।

यस्तो छ तथ्यांक