यूरोपा लिग फुटबल : एसी मिलानको विजयी सुरुवात

यूरोपा लिग फुटबल : एसी मिलानको विजयी सुरुवात
शुक्रबार, कार्तिक ७, २०७७

काठमाडौं- एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको समूह एचको पहिलो खेलमा सेल्टिकलाई ३-१ ले पराजित गर्दै मिलानले विजयी सुरुवात गरेको हो । ​

आवे मैदानमा भएको खेलमा मिलानका लागि क्रुनिक, डियाज र हाउगले गोल गरे । सेल्टिकका लागि सान्वना गोल एलयूनोउसीले गरेका थिए ।

एसी मिलानले पहिलो हाफमै दुई गोल गरेको थियो । क्रुनिकले खेलको १४ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए भने खेलको ४२ मिनेटमा डियाजले गोल गर्दै पहिलो हाफमा खेल २-० को अन्तरमा पुर्याएका थिए।​

सेल्टिकका एलयूनोउसीले खेलको ७६ औं मिनेटमा गोल गर्दै खेला २-१ अन्तरमा झारेका थिए । तर खेलको इन्जुरी समयमा एसी मिलानका हाउगले अर्को गोल गर्दै टिमलाई ३-१ को जित दिलाए ।

बिहीबार राति भएकै खेलबाट आर्सनलले समेत लिगमा विजयी सुरुवात गरेको छ । उसल युरोपा लिगमा विजयी सुरुवात गरेको छ । रापिड विएनलाई २१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।