Mon Sep 26 2022
आर्थिक

जिउँदो खसिबोका मुल्यमा मनपरी, अनुगमन खै ? (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ लक्षित खसी बोका विक्री बन्द गरेसंगै बजारमा जिउदो खसिको मुल्य आकाशिएको छ । काठमाण्डौँको थापाथलीस्थित खाद्य लिमिटेडले गत सोमबारदेखि सहुलियतमा खसीबोका बिक्री सुरु गरेकोमा शुक्रबारबाट विक्री बन्द गरेको थियो ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

खाद्यले ५ सय ५० मा जिउदो खसि दिदै आएकोमा शुक्रबारबाट बन्द भएसंगै उपत्यकामा खसिबोकाको मुल्य आकाशिएको हो । केहि दिनअघिसम्म ६ सय ५० हाराहारीमा बिक्रि भइरहेको खसिबोका अहिले भने ८ सय ५० सम्म पुगेको छ । तर विडम्बना यसको अनुगनमका लागी कुनै सरकारी निकाय पुगेका छैनन् । शनिबार काठमाडौंको भृकृटी मण्डपस्थित खसि बजारमा जिउदो खसि ८ सय ५० सम्म प्रतिकिलो दरमा बिक्रि भयो ।

खाद्यको सहुलियतको खसि बिक्रि बन्द भएपछि बजारमा शुक्रबार नै ७ सय ५० भन्दा बढि मुल्यमा खसि किनबेच भएको थियो । ब्यापारीका अनुसार खाद्यले बजार माग अनुसार खसि पुर्याउन नसक्दा बजारमा मुल्य बिग्रेको हो । ब्यापारीले खसिको मुल्यमा केहि मुनामा राखेर नै बेच्ने भन्दै बजार मुल्य भन्दा खसिको मुल्य बढि पर्न गरेको बताउछन् ।

यता बजार पुगेका ग्राहकका अनुसार समेत बजारमा खसिबोका मुल्य अघिल्लो बर्षको तुलनामा यस बर्ष निकै महंगो भएको छ । ग्राहका अनुसार अहिले बजारमा जिउदो खसिको मासुमा प्रतिकिलो नै १ सयदेखि १ सय ५० सम्म महंगो परेको छ ।

खसिबोकामा मात्र होइन यस पटक बजारमा कुखुराको मासुको मुल्य समेत महंगीएको छ । बजारमा बोइलर कुखुराको मासु सस्तो भए पनि लोकल कुखुराको मुल्य वृद्धि भएको हो ।

यस वर्ष च्याङ्गा विक्री नगरेको खाद्यले यस वर्ष मकवानपुर र दाङबाट १५ सय १० खसीबोका ल्याइ उपत्यकामा विक्री गरेको थियो । स्टोक खसि सकिएसंगै खाद्यले शुक्रबारबाटै विक्री काउण्टर बन्द गरेसंगै बजारमा जिउदो खसिको मुल्य बढेको छ । जसको सरकारी निकायबाटै अनुगमन हुन आवश्यक छ ।