Mon Sep 26 2022
देश

कोरानाको तथ्यांक कार्तिक ०९ : थप २ हजार ८५६ संक्रमित, ५ को मृत्यु (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणकबाट थप ५ जनाको ज्यान गएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनलाइन वेभसाइटमा उल्लेख छ ।

आइतबार नेपालमा एकैदिन २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मात्र एकैदिन २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थपिएका संक्रमित सहित नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभरका प्रयोगशालामा १३ लाख ९३ हजार १ सय ९३ नमुना परीक्षण गरीएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्

मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १ हजार २ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ पुगेको छ । यो शुक्रबारको तुलनामा ४ सय ८५ ले कम हो । सक्रिय संक्रमित मध्ये २७७ जनाको आईसीयू र ६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ३६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ । त्यसैगरी मन्त्रालयको वेभसाइटमा हालसम्मका निको हुने संक्रमितको दर ७० दशमलव ६४ प्रतिशत, सक्रिय संक्रमित दर २८ दशमलव ८३ प्रतिशत र मृत्यु शुन्य दशमलव ५४ प्रतिशत रहेको उल्लेख छ । नयाँ तथ्यांक सार्वजनिक भएसंगै नेपाल कोरोना संक्रमित खराब मुलुकको सूचीमा विश्वभर ३४ औं स्थानमा कायमै रहेको छ ।