प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिको हातबाट टिका ग्रहण

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिको हातबाट टिका ग्रहण
सोमवार, कार्तिक १०, २०७७

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई दसैँको टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि दसैँको टीका र जमराको माला लगाइन् ।

प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाएनन् ।