खुलामञ्चमा मजदुरलाई टीका

खुलामञ्चमा मजदुरलाई टीका
सोमवार, कार्तिक १०, २०७७

काठमाडौं-लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुलामञ्चमा टीका लगाइदिएको छ ।

गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो ।

टिमले खुलामञ्चलगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको छ ।

लकडाउन सुरु भएदेखि बाटोमा खाना खुवाइरहेको हाम्रो टिमले दसैँको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर दसैँ सम्झाइदिएको सर्वसाधारणले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टिमलगायत संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाइ छ ।