काठमाडौं जताततै कोठा र सटर खाली, तर ग्राहक छैन (भिडियो रिपोर्ट)

काठमाडौं जताततै कोठा र सटर खाली, तर ग्राहक छैन (भिडियो रिपोर्ट)
सोमवार, कार्तिक १०, २०७७

पुष्कर खतिवडा

काठमाडौं – कोरोनाको महामारी हुनुअघि काठमाडौं उपत्यकामा कोठा वा सटर भाडामा पाउन ठुलै युद्ध जिते झै हुन्थ्यो । कसैलाई बस्न वा ब्यापार गर्न कोठा चाहिए खोज्ने संस्थाको सहायता लिनु पर्दथ्यो । तर अहिले उपत्यकामा जताततै कोठा पाइन थालेको छ । अहिले काठमाडौंमा कोठा भाडामा लिने ग्राहक नभएर घरधनी चिन्ता परेका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्

अहिले उपत्यकाका मुख्य चोक कोटेश्वर, न्युरोड, बानेश्वर, कलंकी, थापाथली, तिनकुने, बालाजु लगायतका स्थानमा सटर समेत धेरै सस्तोमा पाउन थालेको छ । अझ कतिपय सटर छाडेर ब्यवसायी गएपछि अहिले घरधनीहरु सटरमा टुलेट लेखि ग्राहक कुर्न बाध्य छन् ।

कोरोना संक्रमणको स्थिती भयावह भएपछि व्यापारमा परेको असरका कारण अधिकाशं ब्यवसायीले सटर छाड्न थालेका छन् । यता ब्यापारीहरु ब्यवसायबाट पहिले झै आम्दानी नहुदा भाडा समेत महंगो हुदाँ सटर छाडेर जानेको संख्या बढेको बताउछन् । उनिहरुका अनुसार खर्च धान्न नसक्ने भएपछि व्यवसायीले सटर छाडेका हुन् ।

यसरी ब्यापारीदेखि विद्यार्थी, कर्मचारी सहित अन्य पेशा ब्यवसायका मानिस समेत गाउ फर्केपछि अहिले काठमाडौंमा जताततै कोठा पाइन थालेको छ । कोठा पाउने मात्र होइन बर्षेेनी भाडा बढ्ने कोठाको समेत भाडादर घटेको छ । जसको प्रत्यक्ष मारमा काठमाडौं उपत्यकाका घरधनीहरु परेका छन् । यसरी सटर र कोठा खाली हुन थालेपछि घर बहालबाट घरखर्च चलाउनेहरु भोकै रहने स्थिती आएको घरधनीहरु बताउँछन् ।

एकातर्फ ब्यवसायीले ब्यापार ब्यवसाय नहुँदा चर्काे मारमा परेको भन्दै सटर छाड्न बाध्य भएको बताउँछन् भने अर्काेतर्फ सर्वसाधरण कमाइ नभएपछि काठमाडौं छाडेर गाउ फर्कने अवस्थामा रहेको बताउछन् । समग्रमा काठमाडौं छाडेर जानेहरुको संख्या बढेसंगै अहिले काठमाडौंमा भटाभट कोठा खाली भएको हो । जहाँ घरधनीले सस्तोमा कोठा भाडामा दिने बताएपनि ति कोठामा नयाँ ग्राहक आउनेको संख्या भने न्युन छ ।