कोरानाको तथ्यांक कार्तिक १०: थप १ हजार ७४१ संक्रमित, १५ को मृत्यु (भिडियो रिपोर्ट)

कोरानाको तथ्यांक कार्तिक १०: थप १ हजार ७४१ संक्रमित, १५ को मृत्यु (भिडियो रिपोर्ट)
सोमवार, कार्तिक १०, २०७७

पुष्कर खतिवडा
काठमाडौं पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । एकैदिन १५ को मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनलाइन वेभसाइटमा उल्लेख छ ।

सोमबार नेपालमा एकैदिन १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार मात्रै २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार थपिएका संक्रमित सहित नेपालमा कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्:

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार ६ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभरका प्रयोगशालामा १३ लाख ९८ हजार १ सय ७९ नमुना परीक्षण गरीएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ पुगेको छ । यो आइतबारको तुलनामा २ हजार ५ सय ७९ ले कम हो ।

पछिल्लो २४ घन्टामा ४ हजार ५ कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ । त्यसैगरी मन्त्रालयको वेभसाइटमा हालसम्मका निको हुने संक्रमितको दर ७२ दशमलव ३७ प्रतिशत, सक्रिय संक्रमित दर २७ दशमलव ०९ प्रतिशत र मृत्यु शुन्य दशमलव ५४ प्रतिशत रहेको उल्लेख छ । नया“ तथ्यांक सार्वजनिक भएसंगै नेपाल कोरोना संक्रमित खराब मुलुकको सूचीमा विश्वभर ३४ औं स्थानमा कायमै रहेको छ ।