नेकपाले यसवर्ष चियापान कार्यक्रम आयोजना नगर्ने

नेकपाले यसवर्ष चियापान कार्यक्रम आयोजना नगर्ने
मङ्लबार, कार्तिक ११, २०७७

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी नेकपाले बडादशैं, तिहार, नेपाल संवत, छठ लगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।

नेकपाले यस वर्षको चियापानको मिति भने तोकेको थिएन ।

कोरोना भारइरसको महामारीकै कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने बताइसकेको छ ।