पाल्पामा दुई कोरोना सक्रमितको मृत्यु

पाल्पामा दुई कोरोना सक्रमितको मृत्यु
मङ्लबार, कार्तिक ११, २०७७

पाल्पा-लुम्विनि मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नंं ३ की ६९ वर्षीय महिला र रुपन्देही तिलोत्तमा नगरपालिका वडा नंं ३ का ७४ बर्षिय पुरुष रहेका छन ।

दुबै कोरोना सक्रमितको सोमवार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८ सय ५८ जना निको भएका छन भने २ सय ३२ जना सक्रिय संक्रमित छन् ।

पाल्पामा हालसम्म १० जनाको मृत्यु भएको छ ।