पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु
मङ्लबार, कार्तिक ११, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।
यस्तै थप ५७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

जसमा ४० हजार ६८१ सक्रिय संक्रमित पुगेका छन् । यसैगरि पछिल्लो २४ घण्टामा ३ हजार १६८ कोरोना संक्रमित निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ ।