कोरानाको तथ्यांक कार्तिक ११ : ५७० संक्रमित, १४ को मृत्यु (भिडियो रिपोर्ट)

कोरानाको तथ्यांक कार्तिक ११ : ५७० संक्रमित, १४ को मृत्यु (भिडियो रिपोर्ट)
मङ्लबार, कार्तिक ११, २०७७

पुष्कर खतिवडा
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । एकैदिन १४ को मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

मंगलबार नेपालमा एकैदिन ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार एकैदिन १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार थपिएका संक्रमित सहित नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।
भिडियो रिपोर्ट हेर्नुहोस्

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २ सय ५२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २ सय २५ जना, ललितपुरमा २३ र भक्तपुरका ४ जना छन् । देशभरका ल्याबमा जम्मा २ हजार ७ सय २५ नमुना परीक्षण भएको र ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २११ महिला र ३५९ पुरुष छन् । हालसम्म देशभरका प्रयोगशालामा १४ लाख ६ सय ९४ नमुना परीक्षण गरीएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ पुगेको छ । यो आइतबारको तुलनामा २ हजार ६ सय १२ ले कम हो । सक्रिय संक्रमित मध्ये ३२ हजार ४ सय ६४ होम आइसोलेसनमा छन् भने २८१ जनाको आईसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६८ कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

त्यसैगरी मन्त्रालयको वेभसाइटमा हालसम्मका निको हुने संक्रमितको दर ७४ दशमलव ०९ प्रतिशत, सक्रिय संक्रमित दर २५ दशमलव ३६ प्रतिशत र मृत्यु शुन्य दशमलव ५५ प्रतिशत रहेको उल्लेख छ । नयाँ तथ्यांक सार्वजनिक भएसंगै नेपाल कोरोना संक्रमित खराब मुलुकको सूचीमा विश्वभर ३४ औं स्थानमा कायमै रहेको छ ।