सप्तरीमा कारको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

सप्तरीमा कारको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु
बुधबार, कार्तिक १२, २०७७

सप्तरी-सप्तरीको बरमझियामा कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

आज बिहान पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा वृद्धलाई ठक्कर दिएको थियो ।

सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।