बार्सिलोनाका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिए

बार्सिलोनाका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिए
बुधबार, कार्तिक १२, २०७७

एजेन्सी-पछिल्लो समय क्लबका समर्थकबाट दबाब झेलिरहेका बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् ।

उनी २०१४ मा क्लबको अध्यक्ष बनेका हुन् । समर्थकले भने उनलाई राजीनामा दिन दबाब दिदै आएका थिए ।

मेस्सीले समेत अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए ।