सेयर कारोबार आजबाट खुल्दै

सेयर कारोबार आजबाट खुल्दै
बुधबार, कार्तिक १२, २०७७

काठमाडौं- दशैंका कारण ५ दिनदेखि बन्द रहेको सेयर बजार आज बुधबारबाट खुला हुँदैछ ।

साथै बैंक तथा वित्तीय संस्थाहरु पनि आजैदेखि खुला हुँदैछन् । सेयर बजारका साथै बैंक तथा वित्तीय संस्थाहरु पनि दशैं विदाका कारण कात्तिक ७ गतेदेखि बन्द रहेका थिए ।

दशैं विदा अघि अन्तिम कारोबार दिन (कात्तिक ६ गते) नेप्से सूचक ८.५४ अंकले बढेर १६०६.२५ विन्दुमा बन्द भएको थियो । १८७ वटा सूचीकृत कम्पनीको १ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोेबार भएको थियो । कुल ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच भएको थियो ।