वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना पुष्टि

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना पुष्टि
बुधबार, कार्तिक १२, २०७७

काठमाडौं- वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। मङ्गलबार उनको पीसीआर जाँच रिपोर्ट पोजिटिभ आएको हो।

प्रसाई झापाको मेचीनगरका स्थायी बासिन्दा हुन्। दशैँ मनाउन उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट गृहजिल्ला झापा गएका छन्। झापामै गरिएको जाँचमा उनलाई संक्रमण पुष्टि भएको हो।

उनले रिपोर्ट पोजेटिभ देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् ।  उनी अहिले घरैमा ‘आइसोलेसन’मा छन्।

यसअघि वागमतिका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसहित एक जना अंगरक्षक, दुई जना चालक र एक जना कार्यालय सहयोगीलाई ६ कात्तिकमा कोरोना संक्रमण भएको थियो।

पौडेललाई ७ कात्तिकमा सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइ गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ।