२ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ

२ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ
बुधबार, कार्तिक १२, २०७७

कैलाली- कैलालीको गौरीगंगामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा फर्ममा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले दुई लाख २३ हजार पाँच सय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो।

सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको थियो।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ६ का ६० वर्षीय भक्तबहादुर शाही, ५२ वर्षीय वीरबहादुर साउँद, ४५ वर्षीय डम्मर शाही, ४२ वर्षीय रामबहादुर साउँद र ३६ वर्षीय रंग साउँद रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।