थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
बुधबार, कार्तिक १२, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा २ हजार ९८१ जना संक्रमण मुक्त भएसंगै १ लाख २१ हजार ८२४ जनाले कोरोना जितेका छन् ।

अहिले नेपालमा ३९ हजार ६४३ जना संक्रिय संक्रमित रहेका छन् । आज ११ जनाको मृत्यु भएको छ । यो सहित ८८७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।