अब हप्तामा २ दिन मात्र कोरोना ब्रिफिङ

आइतबार र बुधबार मात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

अब हप्तामा २ दिन मात्र कोरोना ब्रिफिङ
बुधबार, कार्तिक १२, २०७७

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । बिहीबारदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो ।

अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ ।

अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने डा. गौतमले बताए ।