कोलम्यानलाई २ वर्षको प्रतिबन्ध

विश्व च्याम्पियन कोलम्यानलाईलाई २ वर्षको प्रतिबन्ध

कोलम्यानलाई २ वर्षको प्रतिबन्ध
बुधबार, कार्तिक १२, २०७७

विश्व च्याम्पियन अमेरिकन एथलेटिक्स खेलाडी क्रिस्टियन कोलम्यानलाई २ वर्षको प्रतिबन्ध लागेको छ ।

विश्व एथलेटिक्सको इन्टिग्रिटी युनिटले प्रतिबन्ध गरेको औषधि प्रयोग (एन्टी–डोपिङ) उलंघनको आरोपमा २ वर्षको प्रतिबन्ध लागेको हो ।

एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भएका कोलम्यानलाई गत मे महिनामै अस्थायी निलम्बन गरिएको थियो ।

प्रतिबन्ध विरुद्ध उनले खेलकुदको न्यायिक निकाय कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्ट्समा अपिल गर्न पाउने छन् । प्रतिबन्धसँगै कोलम्यानले टोकियो ओलम्पिक पनि गुमाउने भएका छन् ।