देहरादूनमा नेपाली बालबालिकामाथि भएको यातनाबारे सत्यसथ्य बुझ्दै छौँ – परराष्ट्रमन्त्री ज्ञवाली

देहरादूनमा नेपाली बालबालिकामाथि भएको यातनाबारे सत्यसथ्य बुझ्दै छौँ – परराष्ट्रमन्त्री ज्ञवाली
बुधबार, कार्तिक १२, २०७७

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने पक्रिया थालिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्री ज्ञवालीले सो घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको जनाएका हुन।

बुधबार नै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ‘मेन्सन’ गर्दै उक्त घटनाबारे ध्यानाकर्षण गराएकी थिइन।

अन्सारीले देहरादूनको उक्त आश्रममा रहेका बालबालिकाहरूमाथि त्यहाँका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको उल्लेख गरेकी छिन्।

सोही ट्विटको जवाफ दिँदै मन्त्री ज्ञवलीले लेखेका छन, ‘ध्यानाकर्षणका लागि धन्यवाद। सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको छ।’