कर्मचारीमा कोरोना देखिएपछि बन्द भएको पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुला

कर्मचारीमा कोरोना देखिएपछि बन्द भएको पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुला
बिहिबार, कार्तिक १३, २०७७

कास्की-कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि बन्द भएको कास्कीको पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुला हुने भएको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना देखिएपछि बन्द सेवा आजदेखि नियमित सुरु हुने महानगरपालिकाले जनाएको छ ।

कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयले दिँदै आएका अत्यावश्यक बाहेकका अन्य सेवा भने रोकिएको थियो ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर सेवाहरु नियमित गर्ने महानगरपालिकाले निर्णय गरेको हो ।