राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

बाल गोपाल महर्जनको नेतृत्वमा प्रशिक्षण

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु
बिहिबार, कार्तिक १३, २०७७

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।

पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाल गोपालमहर्जनको नेतृत्वमा भएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल  छन।

अखिल नेपाल फुटबल संघका अनुसार प्रशिक्षणका लागि खेलाडीहरु काठमाडौं आईसकेको र उनीहरु त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा छन्।

नेपालले बंगलादेशसंग ढाकास्थित बंगबन्धु रंगशालामा कार्तिक अन्तिममा र मंसिरको पहिलो हप्ता खेल्नेछ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।