कलाकार अशोक शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि

कलाकार अशोक शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि
शुक्रबार, कार्तिक १४, २०७७

काठमाडौं – कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नेपाल मेडिकल कलेजमा पीसीआर गर्दा शर्मामा कोरोना संक्रमण देखिएको हो ।

शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।