कोरानाको तथ्यांक : आज मात्रै १६ को मृत्यु (भिडियो रिपोर्ट)

१ लाख २८ हजार ९ सय बढिले जिते कोरोना, ३ हजार ५ सय १७ संक्रमित

कोरानाको तथ्यांक : आज मात्रै १६ को मृत्यु (भिडियो रिपोर्ट)
शुक्रबार, कार्तिक १४, २०७७

पुष्कर खतिवडा
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन् । एकैदिन १६ को मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

शुक्रबार नेपालमा एकैदिन ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार एकैदिन २ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार थपिएका संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं उपत्यकामा मात्र १ हजार ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभर १४ हजार ९ सय ८९ परीक्षण हुदा २ हजार १ सय ५६ पुरुष र १ हजार ३ सय ६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म देशभरका प्रयोगशालामा १४ लाख ३४ हजार ५३ नमुना परीक्षण गरिएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ पुगेको छ । यो बिहीबारको तुलनामा ५ सय ९५ ले कम हो । पछिल्लो २४ घन्टामा ४ हजार ९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योस“गै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

त्यसैगरी मन्त्रालयको वेभसाइटमा हालसम्मका निको हुने संक्रमितको दर ७६ दशमलव ६५ प्रतिशत, सक्रिय संक्रमित दर २२ दशमलव ८० प्रतिशत र मृत्यु शुन्य दशमलव ५५ प्रतिशत रहेको उल्लेख छ । नया“ तथ्यांक सार्वजनिक भएसंगै नेपाल कोरोना संक्रमित खराब मुलुकको सूचीमा विश्वभर ३३ औं स्थानमा उक्लिएको छ ।