नेपालगञ्जमा एक कोरोना संक्रमित वृद्धको मृत्यु

नेपालगञ्जमा एक कोरोना संक्रमित वृद्धको मृत्यु
शनिबार, कार्तिक १५, २०७७

बाँके – बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। स्वासप्रश्वासमा समस्या देखिएका उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको उनले बताए ।