Mon Sep 26 2022
देश

आहा !! क्या राम्रो कान्तिपुरी नगरी, मनै लोभ्याउने दृष्य (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
काठमाडौं – शहर भन्ने वित्तिकै सबैको अनुमान हुन्छ सुविधा, सम्पन्न विकसित स्थान । शहर एक ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगीता लागि व्यापक सुविधायुक्त जगत हो । विश्वव्यापी बढ्दो शहरीकरणबारे हरेक बर्ष अक्टोबर ३१ मा विश्व शहरी दिवस मनाइन्छ । ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ शनिबार नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

बढ्यो शहरी सौन्दर्यकरणमा देशको राजधानी काठमाडौं उपत्यका अहिले चर्चामा छ । भर्खरै पूनर्निर्माण सम्पन्न भएको बि.स. २०७२ को भुकम्पद्वारा क्षतीग्रस्त राजधानीको मुटुमा रहेको रानीपोखरीले शहरी सुन्दरता बढाएको छ ।

रानिपोखरी मात्र होइन निर्माणाधिन अवस्थामा रहेको २०७२ कै भुकम्पले भत्किएको धरहराले समेत राजधानीको सुन्दरता बढाएको छ ।

काठमाडौंको सुन्दरता बढाउन प्रमुख आर्कषण मध्ये एक बनेको छ, नयाँ बानेश्वरमा रहेको नवनिर्मित आर्क ब्रिज । यो आर्कबिज्रको डिजाइनले नै सबैलाई लोभ्याउदै आएको छ ।

आर्कब्रिज मात्र होइन माइतिघर मण्डला अर्को काठमाडौंको शहरी सुन्दरता बढाउने स्थान हो । मण्डलाको बिचमा रहेको अग्लो फर्फराउदो ठुलो झण्डा, अनि वरीपरीको यसको सुन्दरताले हरेकलाई मोहित पार्दै आएको छ ।

काठमाडौंको शहरी सुन्दरता बढाउने अर्काे प्रमुख आर्कषण सडक पूर्वाधार हो । यहाँ हरेक सडक पिचयुक्त छन् । सडकका दुबै किनारमा रोपिएका बिरुवाले अझ यी सडकको सुन्दरता बढाएको छ । हरेक मोडमा फूलहरु रोपिएका छन् । जसले राजधानी सडकको सुन्दरता आहा भन्न लायकको बनेको छ ।

सडक मात्र होइन राजधानीको चोक चोकमा बनेको संरचना, पुर्वाधारले उपत्यकाको सौन्र्दयता बढाएको छ । अहिले उपत्यकाको मुख्य चोकमा बनेका ट्राफिक आइल्याण्ड र ट्राफिक लाइटले काठमाडौंलाई पुर्ण शहरको रौनकता थपेको छ ।

सामान्यतया तोकेको मापदण्ड अनुसार जनसंख्या तथा पूर्वाधार सम्पन्न नगरपालिका बनेको क्षेत्रलाई शहर मानिन्छ । हाल नेपालमा ६ महानगर, ११ उपमहानगरका अलावा २७६ नगरपालिका शहरको सूचीमा छन् ।