एटीएम मेसिन फोड्दै गर्दा काठमाडौंबाट युवक रंगेहात पक्राउ

एटीएम मेसिन फोड्दै गर्दा काठमाडौंबाट युवक रंगेहात पक्राउ
सोमवार, कार्तिक १७, २०७७

काठमाडौँको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोड्दा फोड्दै एक युवक पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौँ बानेश्वर बस्दै आएका १७ वर्षीय प्रज्वल खाँडालाई प्रहरीले आइतबार राति एटीएम फोडदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

खाँडले काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा खाँडलाई पक्राउ गरिएको कालीमाटीका डीएसपी अपिलराज बोहोराले बताएका छन् । पक्राउ परेका खाँडलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले जानकारी दिएका छन् ।