सास फेर्दैपिच्छे काेराेना मार्ने मास्क बनाएको अमेरिकी वैज्ञानिकको दाबी

सास फेर्दैपिच्छे काेराेना मार्ने मास्क बनाएको अमेरिकी वैज्ञानिकको दाबी
मङ्लबार, कार्तिक १८, २०७७

एजेन्सी- अमेरिकाका वैज्ञानिकले सास फेर्दैपिच्छे काेराेना निष्क्रिय बनाउने (मार्ने) अर्थात् एन्टिभाइरल लेयर भएको मास्क बनाएका छन्।

यस मास्कले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्ने र संक्रमण फैलाउने खतरा कम गर्ने वैज्ञानिकको दाबी छ।

अमेरिकास्थित नर्थ-वेस्टर्न युनिभर्सिटीले त्यस्तो मास्क बनाएको हो। एन्टिभाइरल मास्क बनाउन वज्ञानिकले नबुनिएको कपडाको व्यवस्था गरे र त्यसमा यस्तो रसायन हाले, जसले सास फेर्दा निस्किने ससाना छिटामा रहेका

भाइरसलाई निष्क्रिय पार्छ। यसले गर्दा संक्रमितले सास फेर्दा हावामा कोरोना भाइरस फैलिन नपाउने वैज्ञानिकको दाबी छ।

स्रोत दैनिक भास्कर