भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ
बुधबार, कार्तिक १९, २०७७

काठमाडौं- भारतीय टेलिभिजन पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्।

रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।​ गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएको छ।

उनलाई किन पक्राउ गरिएको भन्ने खुलिनसकेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।