सर्लाहीमा ७० हजार नगदसहित ६ जुवाडे पक्राउ

सर्लाहीमा ७० हजार नगदसहित ६ जुवाडे पक्राउ
बुधबार, कार्तिक १९, २०७७

सर्लाही – प्रहरीले चर्चित गोरु व्यापारी शम्भु सिंहसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट प्रहरीले ७० हजार नगद र मोबाइल समेत बराबद गरेको छ ।

इलाका प्रहरी बरथवा सर्लाहीका प्रमुख डीएसपी उद्धवसिंह भाट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।