मनोज दाहालले ल्याए ‘रमाइलो तिहार’

मनोज दाहालले ल्याए ‘रमाइलो तिहार’
बिहिबार, कार्तिक २०, २०७७

मनोज दाहालको तिहार बिशेष म्युजिक भिडियो ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ । दाहालकै शब्द तथा संगीत रहेको गीतको निर्माण बिरेन्द्र दंगालले गरेका हुन् ।

गितको स्वरमा दाहाललाई गायिका हेमन चाम्लिङ राईले साथ दिएकी छन् । पुुर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन् ।

इटहरीमा छायांकन भएको उक्त म्युुजिक भिडियोको नृत्य निर्देशन, सम्पाद तथा निर्देशन विकल श्रेष्ठले गरेका हुन् । कवल बिस्वासको छायांकन रहेको भिडियोलाई परिकला मिडिया प्रा. लि. बाट पोष्ट प्रोडक्सन गरिएको हो ।