कोरोना संक्रमित कलाकार गजुरेलको आईसियुमा उपचार हुँदै

कोरोना संक्रमित कलाकार गजुरेलको आईसियुमा उपचार हुँदै
शुक्रबार, कार्तिक २१, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण भएका चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा राखेर उपचार थालिएको छ ।

कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेललाई विहीबार आईसियुमा सारिएको हो ।

बुधबार थप उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएका उनलाई विहीबार आईसियुमा सारिएको हो ।

कोरोना संक्रमण देखिएपछि उनी घरमै आइसोलसनमा बसिरहेका थिए । उनले आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।

उनले सोमबार फेसबुकमार्फत् आफ्नो अवस्थाबारे जानकारी दिएका थिए ।

‘अझै पुर्ण सुधार भैसकको छैन । शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको छ । माफ गर्नुहोला, फोन, म्यासेज उठाउन सकिरहेको छैन तर स्विचअफ भने गरेको छैन,’ उनले लेखेका थिए, ‘किनभने साईलेन्ट नै सही, तपाईंका कल, म्यासेज र कामनाका तरंगले आत्मवल उच्च बनाई रहेको छ । सकेसम्म सबैजना कोरोनाबाट जोगिन सक्नुहोस् । संक्रमितहरुलाई आत्मबल मिलोस् ।’