९० प्रतिशत सुरक्षित पुष्टि गर्दै कोभिडविरुद्धको पहिलो खोप घोषणा

९० प्रतिशत सुरक्षित पुष्टि गर्दै कोभिडविरुद्धको पहिलो खोप घोषणा
सोमवार, कार्तिक २४, २०७७

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको पहिलो खोप ९० प्रतिशत सुरक्षा दिलाउन सक्ने घोषणा भएको छ । खोप निर्माणकर्ता ‘पिफाइजर र बायोएनटेक’ को अध्ययन अनुसार यो खोप विज्ञान र मानवताकै ऐतिहासिक हो । यस खोपको ६ देशमा ४३ हजार बढी मानिसहरुमा परीक्षण गरिएको जनाइएको । जहाँ यस खोपको प्रयोगले कुनै समस्या देखिएको छैन ।

संसारकै ठूलो औषधि कम्पनी पिफाइजर र बायोन्टेकले निर्माण गरेको यो औषधिले ९० प्रतिशत संक्रमण रोक्न सक्ने दाबी गरिएको हो ।

संसारभर थुप्रै खोपहरु अहिले अन्तिम चरणमा पुगेको भनिएको छ। जसलाई तेस्रो चरणको क्लिनिकल ट्रायल भनिएको छ। तर यो खोपले भने यसले अन्य खोप भन्दा भिन्दै किसिमको अनुसन्धानात्मक विधि अपनाएको छ जसमा भाइरसको ‘जेनेटिक कोड’ को केही हिस्सा व्यक्तिलाई सुइ लगाएपछि त्यसै मार्फत् शरीरको प्रतिरोधात्मक प्रणालीले यससँग लड्ने अभ्यास गरिरहनेछ।

यसरी ऐतिहासिक घोषणा गरेको कम्पनीले यही महिनाको अन्त्यमै आपत्कालीन प्रयोगका लागि स्वीकृति माग्न निवेदन दिने बताएको छ । यदि यो खोपसहित उचित उपचार विधि सहि भएमा यसले विश्वभरका सबै मानिसाई सामान्य जीवनमा फर्काउने संभावना रहन्छ ।