आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ कात्तिक २५ गते मंगलबार)

आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ कात्तिक २५ गते मंगलबार)
मङ्लबार, कार्तिक २५, २०७७

ज्यो. हरि पन्त

आजको पञ्चांग

आज मिति २०७७ कात्तिक २५ गते मंगलबार, इस्वीसंवत नभेम्वर १० तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको दशमी तिथि रहनेछ । आज पूर्वाफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा ऐंन्द्र, करणमा वणिज, आनन्दादि योगमा धूम्र रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २७ घटि ०५ पला अर्थात १० घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २१ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १२ मिनेटमा हुनेछ । आज महागुरु फाल्गुनानन्द जयन्ती तथा शान्ति र विकासका लागि विश्व विज्ञान दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज समय खराव रहनेछ । नचाहँदा नचाहँदा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो बिवाद हुनेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृष : आज पनि समय खराब छ । पढाई लेखाईमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महसूस हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुन : आज समय शुभ छ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कट : समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । घर परिवारमा मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ ।

सिंह : आज समय पनि अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्या : आज समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हँुदा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आज टाढाको यात्रा गर्दा निकै ध्यान पुर्याउनुहोला ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुला : आज पनि समय राम्रो छ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैयाँ पैसा कमाउँन सकिनेछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिक : आज समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । सन्तान तथा छोराछोरीबाट तपाईको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

धनु : आज पनि समय राम्रो रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसायबाट भने जस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानोसानो कुरामा राय बाझिनेछ । माया प्रेममा अविश्वास सृजना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाब बढ्ने योग रहेको छ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउनेछैन ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

मकर : आज पनि समय भरपर्दोे रहनेछैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्निबीच विवाद सृजना हुनेछ । गोप्य सूचनाहरु बहिरिने हुदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ ।

कुम्भ : आज पनि समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो योग रहेकोछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै महत्वपूर्ण काम पूर्व केराको बोटमुनी दियो बाली हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीन : आज पनि समय भरपर्दो रहने छ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजमूलक कामबाट भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न हुनेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

साइत : चन्द्रमा सिंह राशिमा छन् त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ६:२० बजेदेखि ७:४२ बजेसम्म रोग बेला
बिहान ७:४२ बजेदेखि ९:०४ बजेसम्म उद्धेग बेला
बिहान ९:०४ बजेदेखि १०:२५ बजेसम्म चर बेला
बिहान १०:२५ बजेदेखि ११:४७ बजेसम्म लाभ बेला
बिहान ११:४७ बजेदेखि १:०९ बजेसम्म अमृत बेला
दिनमा १:०९ बजेदेखि २:३० बजेसम्म काल बेला
दिउँसो २:३० बजेदेखि ३:५२ बजेसम्म शुभ बेला
दिउँसो ३:५३ बजेदेखि ५:१४ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३:०० देखि ४:३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)