भारत र पाकिस्तानबीच जम्मु कश्मीरमा भिडन्त, १९ जना बढीको मृत्यु

भारत र पाकिस्तानबीच जम्मु कश्मीरमा भिडन्त, १९ जना बढीको मृत्यु
शनिबार, कार्तिक २९, २०७७

काठमाडौं – जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच गएराति भएको भिडन्तमा कम्तीमा १९ जना मारिएका छन् ।

भारतीय समाचार संस्था द हिन्दूका अनुसार उक्त भिडन्तमा परी भारततर्फ ६ जना सर्वसाधारण, ४ जना सैनिक जवान र एक जना बीएसएफ जवान मारिएका हुन् । नियन्त्रण रेखामा सीजफायर उल्लंघनपछि भएको भिडन्तमा अन्य २० जनाभन्दा बढी घाइते भएको उल्लेख छ ।

बन्दिपोराको दवार, कुपवाडाको केरन, बारामुडाको उरी र नौगाममा सिजफायर उल्लंघन भएको भारतीय सेनाको हवाला दिँदै द हिन्दूले जनाएको छ । समाचारमा पाकिस्तानको तर्फबाट नियन्त्रण रेखाका विभिन्न ठाउँमा सिजफायर उल्लंघन भएको दाबी गरिएको छ ।

साथै भारतीय सेनाले पाकिस्तानी सेनाका बंकरहरु ठूलो संख्यामा नष्ट गरेको पनि बताइएको छ ।