Wed Aug 17 2022
मनोरञ्जन

कस्तो रह्यो कलाकारहरुको लक्ष्मीपूजा (फोटो फिचर)

काठमाडौं- यमपञ्चक अन्तर्गत शनिबार साँझ नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्।

औँशीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको हो ।  फूल, रङ र उज्यालोको चाड दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउने भए पनि यसवर्ष कोरोना महामारीका कारण केही कमी देखिएको छ ।

कोरोनाका कारण घरभित्रै सीमित बनेका कलाकारहरुले पनि लक्ष्मीपूजा गरेका छन् । कतिपयले लक्ष्मीपूजा गर्दै गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

केहीले तिहारको अवसरमा शुभकामना दिँदै सबैको घरमा लक्ष्मीको बास होस् भन्ने कामना गरेका छन् ।

कलाकार हरिवंश आचार्य, दीपकराज गिरी, जितु नेपाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा शर्मा, नीता ढुंगाना, स्वेता खड्का, नम्रता सापकोटा, बेनिशा हमाल, आँचल शर्मा लगायतका कलाकारले लक्ष्मीपूजा गरेका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

हेरौं कलाकारकाे लक्ष्मी पूजा