इटाली नेशन्स लिगको अन्तिम चारमा

इटाली नेशन्स लिगको अन्तिम चारमा
बिहिबार, मंसिर ४, २०७७

एजेन्सी- इटाली नेशन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ ।

समूह ए थ्री अन्तर्गत बुधबार राति भएको खेलमा बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गर्दै इटाली फाइनल्स चरणमा प्रवेश गरेको हो ।

अवे मैदानमा भएको खेलमा इटालीलाई जिताउन बेलोती र बेरार्डीले गोल गरे । इटाली १२ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै फाइनल चरण पुगेको हो ।

फाइनल्स चरणका खेल २०२१को अक्टोबरमा हुनेछ । फाइनल्स चरणका खेलमा बेल्जियम फ्रान्स, इटाली र स्पेनबीच प्रतिस्पर्धा  हुनेछ ।