बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता
शुक्रबार, मंसिर ५, २०७७

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेका लागि बंगलादेश गएको नेपाली राष्ट्रिय टोली आज (बिहीबार) स्वदेश फर्किएको छ।

कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको नेपाली टोली  स्वदेश फर्किएको हो।

पहिलो खेलमा २–० गोलले हारेको नेपालले बंगलादेशसँग दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो ।

टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी त्रिभुवन विमानस्थलमा स्वागत गरे।