फ्रेन्च लिग वानमा पीएसजी र मोनाको भिड्दै

फ्रेन्च लिग वानमा पीएसजी र मोनाको भिड्दै
शुक्रबार, मंसिर ५, २०७७

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) र मोनाकोबीच खेल हुँदैछ ।

दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

मोनाकोको घरेलु मैदानमा हुने खेलमा पीएसजी सहज जितको खोजीमा छ मोनाको घरेलु मैदानमा पीएसीलाई स्तब्ध बनाउन चाहन्छ ।

पीएसजी १० खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मोनाकोलाई हराएर पीएसजी शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ ।

मोनाको १० खेलमा १७ अंक जोडेर छैठौँ स्थानमा रहेको छ । घरेलु मैदानमा पीएसजीलाई हराएर मोनाको शीर्ष दुई भित्र उक्लन चाहन्छ ।