ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण

ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण
शनिबार, मंसिर ६, २०७७

काठमाडौं –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् ।

४२ वर्षका ट्रम्प जुनियर यो साताको सुरूवातमै संक्रमित भएपछि आफ्नै क्बाविनमा क्वारेन्टिनमा रहेको जनाइएको छ ।

राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो