भारतमा पछिल्लो २४ घण्टामा थप ४६ हजार जनामा संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा थप ४६ हजार जनामा संक्रमण
शनिबार, मंसिर ६, २०७७

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ५० हजार नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४६ हजार २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ५० हजार ६१३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८४ लाख ७५ हजार ८९७ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ७६४ पुगेको छ ।